खेल

नेपाललाई पहिलो सफलता, सौम्या सरकार सस्तैमा आउट

नेपाललाई पहिलो सफलता, सौम्या सरकार सस्तैमा आउट

काठमाडौंः एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याइरहेको घरेलु टोली बंगलादेशले सस्तैमा पहिलो विकेट गुमाएको छ ।

बंगलादेशले पहिलो विकेटका रुपमा विस्फोटक ब्याट्सम्यान शाैम्य सरकारलाई ५.५ ओभरमा ११ रनमा गुमाएको हो । उनलाई करन केसीले सन्दीप जोराको हातबाट ‘क्याच आउट’ गराए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १ सय ३८ रन बनायो । नेपालका लागि सोमपाल कामीले ४ चौकाको मद्दतमा ६३ बलमा सर्बाधिक ३८ रन बनाए ।

बंगलादेशविरुद्ध करन केसी १८, विनोद भण्डारी ८, पवन सरार्फ ९, शरद भेषवाकर १, दीपेन्द्रसिंह ऐेरी ६, आरिफ शेख ११, कप्तान ज्ञानेन्द्र मल्ल २२, कुसल भुर्तेल १० र सन्दीप जोरा शून्य रनमै आउट हुन पुगे ।

बलिङमा बंगलादेशका मिनाजुल अबिदिन अफ्रिदी, सुमन खानले ३–३, तनवीर इश्लाम र मेहदी हसन रानाले समान २ विकेट लिए ।

भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराउँदै अघिल्लो चरणको आशा कायमै राखेको छ । नेपाल आजको खेलमा अनुकूल नतिजा निकाले अन्तिम ४ मा प्रवेश गर्ने छ ।

बंगलादेश सेमिफाइनल नजिक छ । पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको बंगलादेशले दोस्रो खेलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

बंगलादेशको टोलीमा सिनियर टोलीका ६ खेलेका खेलाडी रहेका छन् । नाजमुल शान्टो, सौम्य सरकार, अबू हैदर रोनी, अफिफ हुसैन, अनीमुल इस्लाम र मोहम्मद नइमले बंगलादेशको सिनियर टोलीबाट खेलिसकेका छन् ।

बंगलादेशविरुद्ध नेपालको प्लेइङ ११

ज्ञानेन्द्र मल्ल (कप्तान) 
कुशल भुर्तेल

शरद भेषावकर
आरिफ शेख

दीपेन्द्रसिंह ऐरी
विनोद भण्डारी

पवन सर्राफ
करण केसी

सन्दीप जोरा
सोमपाल कामी

सुशन भारी

सौम्या सरकार नेपाल भर्सेस बंगलादेश

विशेष