मनोरञ्जन

अक्षय कुमार र करिना स्टारर 'गुड न्यूज' को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

अक्षय कुमार र करिना स्टारर 'गुड न्यूज' को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

एजेन्सी ।  सुपरस्टार अक्षय कुमार र करिना कपूर स्टारर चलचित्र 'गुड न्यूज' को ट्रेलर सार्वजनिक भएको छ ।  

राज मेहताको निर्देशन रहेको चलचित्रलाई धर्मा प्रोडक्शनले निर्माण गरेको हो। चलचिको कथा तथा पटकथा भने ज्योति कपूरको रहेको छ। 

सन्तानको अपेक्षामा रहेका २ दम्पतिको कथालाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ ।  ३ मिनेट २२ सेकेन्डको ट्रेलर हेर्दा चलचित्र गम्भीर कथावस्तु र कमेडी जनारामा निर्माण भएको अनुमान लगाउन सकिन्छ।  

आगामी डिसेम्बर २७ बाट रिलिज हुन लागेको 'गुड न्युज' मा अक्षय र करिनाका अलावा दिलजित र कियरा अडवानीको पनि मुख्य भूमिका रहेको छ।  

 

ट्रेलर गुड न्यूज

विशेष