समाज

जापानी राजदूतावासको सहयोगमा विद्यालय भवन निर्माण 

जापानी राजदूतावासको सहयोगमा विद्यालय भवन निर्माण 

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ जेममा रहेको देउराली आधारभूत विद्यालयको कक्षा कोठा भवन निर्माण भएको छ । काठमाडौँस्थित जापानी राजदूतावासको सहयोगमा भौगोलिकरुपमा विकट र दुर्गम गाउँमा सुविधा सम्पन्न भवन निर्माण भएको हो ।

दूतावासको रु ९१ लाख २० हजार सहयोगमा दुई तले आठ कोठे कक्षा कोठा भवन निर्माण भएको दुतावासले जनाएको छ । भवन २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो। राजदूतावासको सहयोगका अलावा स्थानीयवासीले रु नौ लाख बराबरको श्रमदान गरेका थिए ।

भूकम्प प्रतिरोधी क्षमताको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको छ । नवनिर्मित भवनको जापानी राजदूतावास द्धितीय सचिव यासुकी स्याण्डोले उद्घाटन गरेका थिए ।

त्यसक्रममा उनले भवन निर्माणपछि दुर्गम भेगमा शिक्षा लिन थप सहज हुने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवाल, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु र वडाध्यक्ष नरबहादुर पुनले भवनले विद्यालयको पठनपाठनमा सुधार गर्न सहयोग पुग्ने बताए । 

विशेष