राशिफल

मङ्सिर ३ गते मंगलवार तपाईका लागि कस्तो रहेको छ ? हेर्नुहोस आजको राशिफल

मङ्सिर ३ गते मंगलवार तपाईका लागि कस्तो रहेको छ ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल मङ्सिर महिनाको ०३ गते मंगलवार, तदअनुसार सन् २०१९ नोभेम्बर १९ तारिख तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष–

आज नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । महत्त्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । अधिक सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृष–

बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक प्रतिष्ठा प्राप्त हुने देखिन्छ

मिथुन–

कुरा काट्नेहरु प्रसस्त बढनेछन । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ, कसैसंग बादविवादको पनि संभावना छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कर्कट–

हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिने छैनन । जागीरमा पनि समस्या देखा पर्न सक्छ । ) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । 

सिंह–

आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ, साथे पाहुना आगमनको पनि योग रहेको छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ।  

कन्या–

आम्दानीका नयाँ स्रोत फेला पर्नेछ ।  सामाजिक कार्यमा संलग्न भई ठूला व्यक्तिको विस्वास लिन सजिलै सकिने छ । 

तुला–

विबाद बढने सामाजिक मर्यादामा संकट आउने काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ । नजिकको मित्रसँग भेटघाट हुनेछ।  

वृश्चिक–

नजिकको नातेदारको समर्थन पाउने दिन छ ।  रुपैयापैसा तथा अन्नको लाभ हुने दिन छ ।  पढाइमा प्रगति हुनेछ ।

धनु–

आज तपाइको धनलाभको योग छ साथै दिन खुशी साथ बित्ने छ, परिवारमा पनि सुखको माहोल बन्न्नेछ । मानसिक द्विविधा उत्पन्न हुनेछ।  

मकर– 

नया ठाउको यात्राको योग छ, पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ ।  राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ–

स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला, सामान्य रोगब्याधले पनि सताउन सक्छ ।श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मीन–

अरुको काम धेरै गर्नु पर्ला जस पाउने सम्भावना कमै रहनेछ, काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ ।  धार्मिक कार्यमा मन जानेछ।  

दैनिक राशिफल

विशेष