'सेल्फी किङ्ग' को फर्स्ट लुक पोस्टर सार्वजनिक, माघ २४ मा प्रदर्शन हुने

काठमाडौँ । चलचित्र सेल्फी किङ्गको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टर रिलिजसंगै चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ।
चलचित्र माघ २४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
फर्स्ट लुक पोस्टरमा अभिनेता बिपिन कार्कीलाई मात्र फिचर्ड गरिएको छ । सार्वजनिक पोस्टर हेर्दा चलचित्र हास्यशैलीमा निर्माण भएको अड्कल लगाउन सकिन्छ।
'सेल्फी किंङ'मा विपिन कार्की सोही नामको पात्रको परिचित चर्चित हाँस्य कलाकार (टेलिभिजन)को भुमिकामा देखिनेछन् । सिनेमाले विपिनका माध्यमबाट कलाकारले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा प्रस्तुत गर्नेछ ।
ड्रामा तथा कमेडी शैलीमा निर्माण भएको 'सेल्फी किङ्ग'लाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । बिशालको यो डेब्यु चलचित्र हो । चलचित्रलाई निर्देशक दिनेश राउत र सोही चलचित्रका निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेका हुन्।
चलचित्र 'सेल्फी किङ्ग' मा बिपिन्का अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुरा ललगायतका कलाकारको अभिनय रहेको छ।
सेल्फी किङ्ग फर्स्ट लुक