मनोरञ्जन

बलिउडका यी ३ अभिनेत्रीका लागि यसकारण खास छ आजको दिन

बलिउडका यी ३ अभिनेत्रीका लागि यसकारण खास छ आजको दिन

एजेन्सी ।  नोभेम्बर १९ बलिउडका लागि अति नै खास दिन हो । अझ भनौ यी ३ अभिनेत्रीका लागि त् झनै बिशेष छ आजको दिन।  

आज भन्दा २५ बर्ष पहिले आजकै दिन बलिउड अभिनेत्री 'ऐश्वर्या राय' ले मिस वर्ल्डको उपाधी जित्न सफल भएकी थिइन् त्यस्तै नोभेम्बर १९ अभिनेत्री 'सुष्मिता सेन' र 'जीनत अमान' को जन्मदिन पनि हो।   

सन् १९९४ मा ऐश्वर्याले साउथ अफ्रीकामा मिस वर्ल्डको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएकी थिइन्। विश्वभर आयोजना गरिने ब्युटी पेजेन्टमा कुनै पनि कन्टेसटेन्टको लुक्स र ब्युटी मात्र हेरिदैन उनीहरुको हाऊभाऊ र बौद्धिक क्षमताको पनि मुल्यांकन गर्ने गरिन्छ।  त्यसैको सफल उदाहरण हुन् अभिनेत्री ऐश्वर्या राय। 

आज बलिउड अभिनेत्री 'सुस्मिता सेन'को जन्मदिन पनि हो।  सन् १९७५ मा बंगाली बैद्य परिवारमा हैदराबादमा जन्मिएकी सुष्मिता १९९४ को मिस युनिभर्स बिजेता पनि हुन्।  उनका पिता पिता इंडियन एयरफोर्समा बिग कमांडर र  माता ज्वेलरी डिजाइनर हुन्।  

सुष्मिताले बलिउडका केहि सफल चलचित्रहरुमा पनि काम गरिसकेकी छिन।  

बलिउड अभिनेत्री' जीनत अमा'को जन्म पनि आजैको दिन सन् १९५१ मा बम्बईमा भएको हो।  पत्रकारिता हुदै करियर सुरुवात गरेकी जिनतले पनि विभिन्न चलचित्रमा काम गरेकी छिन।  

 

 

 

 

बलिउड

विशेष