कभर स्टोरी भिडियो

भारतले ६० हजार, चीनले ३७ हेक्टर जमिन मिचेको छ (भिडियोसहित) 

भारतले ६० हजार, चीनले ३७ हेक्टर जमिन मिचेको छ (भिडियोसहित) 

भारतीय अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गराउन सरकारले पहल गरिरहेका बेला सत्तारुढ दल नेकपाकै भ्रातृ संगठन अनेरास्ववियू इलामको सन्दुकपुर पुगेको घटना पनि चर्चामा छ । सबैको ध्यान कालापानीतर्फ भएका बेला अनेरास्ववियू सन्दुकपुर पुगेपछि त्यहाँ पनि भारतले अतिक्रमण गरेको तथ्य धेरै नेपालीले थाहा पाए । 

अनेरास्ववियूका केन्द्रीय अध्यक्ष ऐन महर भन्छन्, ‘हाम्रा इलामका साथीहरु सन्दुकपुर जानुभयो । उहाँहरुले भारतीय अतिक्रमणमा परेको नेपाली भूमिमाथि झण्डा गाड्नुभयो । त्यहाँबाट भारतीय एसएसबीलाई धपाउनुभयो । केहीबेर झडप पनि भयो । अहिले त्यो भूमि नेपालको नियन्त्रणमा छ ।’

महरका अनुसार भारतले ६० हजार हेक्टर भन्दा बढी जमिन हडपेको छ भने चीनले ३७ हेक्टर जमिन अतिक्रमण गरेको छ । भारतले हेपाहा प्रवृति देखाउँदै अतिक्रमण गरी सेना नै उपस्थित गराएकाले उसको विरोध बढी भएको हो । जमिन अतिक्रमण गर्ने जोसुकै होस विरोध गर्नुपर्छ, गरिन्छ । आफनो जमिन फिर्ता नभएसम्म आन्दोलन जारी रहन्छ । यसका लागि पार्टी र सरकारलाई दवाव सृजना गर्ने काम भैरहन्छ । यति गर्दा पनि भएन भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिन्छ । 

">

कालापानी क्षेत्रमा भारतले कब्जा जमाएको १९६२ सालदेखि नै भएकाले यो मुद्दा समाधान गर्न पनि केही समय लाग्नेछ । विगतका सरकारले भूमि फिर्ता गर्न पहल गर्ने त कुरा छाडौं आवाज समेत उठाउन सकेनन् । अहिलेको सरकारले यो मुद्दा उठाएको छ र कुनैपनि हालतमा जमिन फिर्ता गरिन्छ । भारतले नमाने टिष्टा काँकडासम्मको भू–भाग माग्ने गरी मुद्दा अन्तर्राष्ट्रियकरण हुन्छ । 

अनेरास्ववियूले विद्यार्थीका समस्या र शिक्षाका मुद्दालाई पनि उत्तिकै महत्व दिएर अघि बढाएको महरको दावी छ । उनी भन्छन्, ‘ शिक्षा र स्वास्थ्यमा व्यापार फस्टायो । यो सेवामूलक क्षेत्र हो, तर व्यापार हुन थाल्यो । यस्ता व्यापारीहरु नेकपाभित्रै छन् । सरकारले स्पष्ट नीति बनाएर कसले के गर्ने कसले के नगर्ने छुट्याउनु पर्दछ । साथै, नेकपा मात्र होइन कुनै पनि दलका नेताहरुलाई शिक्षा र स्वास्थ्यमा लगानी गर्न दिनु हुँदैन । हामी शिक्षा र स्वास्थ्यमा निजीकरण गर्न नहुने पक्षमा छौं ।’

">


 

कालापानी लिपुलेक लिम्पियाधुरा

विशेष