राशिफल

मङ्सिर ४ गते बुधवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

मङ्सिर ४ गते बुधवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज, मिति २०७६ साल मङ्सिर महिनाको ४ गते बुधवार, तदअनुसार सन् २०१९ नोभेम्बर २० तारिख, तपाईका लागि आजको दिन कस्तो रहला? हेर्नुहोस् राशिफल 

मेष– आँटेको र ताकेको कार्य पूरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । 

वृष–आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।  सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।

मिथुन– नयाँ काम सम्बन्धि योजना बनाउदा फाइदा हुन सक्छ । साथै ब्यापारब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ । मेहनत र इमानदारिताले सफलता पाईन सक्छ ।

कर्कट– स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । प्रेमी तथा आफन्तको सहयोग प्राप्त हुनेछ । चोटपटकको भय पनि छ ।

सिंह– विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

कन्या– परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ ।

तुला– विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ। दैनिक कार्यमा ढिलासुस्ती देखिने छ ।  

वृश्चिक– स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ ।  नजिकको मित्रसँग भेटघाट हुनेछ ।  केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।

धनु– परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । आज कसैबाट समर्थन एवम धन पाइने दिन छ ।

मकर– आज तपाइलाइ अनौठो तरिकाबाट धनलाभ हुन सक्छ, परिवारबाट सुखको अनुभुति पनि मिल्ला । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।

कुम्भ– मेहनत र इमानदारिताले सफलता पाईन सक्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।

मीन– खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ, भौतिक साधनको पनि क्षति हुने दिन छ होस पुर्याउनु होला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । 

 

दैनिक राशिफल

विशेष