मुख्य समाचार

नजिकियाे उपनिर्वाचन, धमाधम पक्राउ पर्दै विप्लवका कार्यकर्ता

नजिकियाे उपनिर्वाचन, धमाधम पक्राउ पर्दै विप्लवका कार्यकर्ता

तुलसीपुरः प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ ।

मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई पक्राउ गरेको छ ।

सोही ठाउँमा हिँड्डुल गरिरहेको अवस्थामा मङ्गलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । वली विप्लव समूहका जिल्ला कमिटी सदस्यसमेत रहेका छन् ।

प्रहरीले ४ दिनको अवधिमा सो समूहका चार नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । यही मंसिर १४ गते क्षेत्र नं ३ को (ख) मा उपनिर्वाचन हुँदैछ ।

विप्लव उपनिर्वाचन

विशेष