खेल

इमर्जिङ एसिया कपः भारतविरुद्ध पाकिस्तानको शानदार ब्याटिङ

इमर्जिङ एसिया कपः भारतविरुद्ध पाकिस्तानको शानदार ब्याटिङ

काठमाडौंः बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत पहिलो सेमिफाइनलमा भारत विरुद्ध पाकिस्तानले उत्कृष्ट ब्याटिङ गरिरहेको छ । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २१ ओभरमा २ विकेट गुमाएर १ सय ५२ रन बनाएको छ ।

पाकिस्तानले पहिलो विकेटका रुपमा २१.६ ओभरमा हैदर अलीलाई ४३ रनमा गुमायो । उनलाई रितिक शोकेनले विकेटकीपरको हातबाट ‘क्याच आउट’ गराएका थिए । यस्तै पाकिस्तानले दोस्रो विकेटका रुपमा ओमार बिन यूसुफलाई ६६ रनमा गुमाउन पुग्यो ।

नेपाल भने समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएका थिए ।

एसीसी इमर्जिङ एसिया कप नेपाल भर्सेस पाकिस्तान

विशेष