स्वास्थ्य

यस्ता समस्याका लागि अति नै फाइदाजनक छ घ्युकुमारी, जानिराखौं

यस्ता समस्याका लागि अति नै फाइदाजनक छ घ्युकुमारी, जानिराखौं

एलोभेरा अर्थात् घ्युकुमारी औषधीय गुणले भरिपूर्ण बिरुवा हो।  यसको नियमित प्रयोगले विभिन्न शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ यसका साथै एलोभेरा त्वाचाको लागि पनि महत्वपुर्ण छ।  

के के छन एलोभेराका फाइदाहरु, हेर्नुहोस

-लामो समयसम्म कम्प्युटर अगाडि बस्नाले या धेरैबेरसम्म मोबाईल फोनको प्रयोग गर्नाले आँखा दुख्ने या पोल्ने समस्या हुन्छ । यसका लागि २ चम्चा एलोभेरा जेललाई एक कप पानीमा मिसाई मुख धुनाले आँखाको ज्योति बढ्नुका साथै पोल्ने समस्याबाट पनि छुटकारा पाइन्छ।  

-अनुहारमा भएका अनावश्यक दाग धब्बा र चाया पोतोका लागि एलोभेरा जेलले मुख धुनुलाई प्रभावकारी मानिन्छ । यसले अनुहार चम्किलो र सफा बनाईराख्न पनि मदत गर्छ।  

-काटेको या किराले टोकेको ठाउँमा पनि एलोभेरा जेल लगाउनाले फाइदा पुग्छ।  

-कपालमा चाया परेको छ भने २ चम्चा एलोभेरा जेल कन्डिसनरमा मिलाई प्रयोग गर्नाले चायाबाट त छुटकारा पाइन्छ नै यद्धपी कपाल जरैदेखि मजबुत हुन्छ।  

-जोर्नी दुखाईकास लागि पनि एलोभेरा जेल प्रभावकारी छ।  

-मोटोपन र वजन कम गर्नका लागि पनि एलोभएर करार साबित हुन सक्छ।  एलोभेरा जेलको नियमित प्रयोगले मेटाबोलिज्म नियन्त्रित हुन्छ र मोटोपन हुनबाट बचाऊछ।  

-दाँतसम्बन्धी समस्याका लागि पनि एलोभेराको प्रयोग लाभदायक रहेको छ।  

-शारीरिक सरसफ़ाईका लागि पनि एलोभेरको प्रयोग गर्न सकिन्छ।  

-हरेक दिन बिहान मनतातो पानीमा एलोभेरा जेल मिलाई सेवन गर्नाले शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ र शरीर स्वस्थ राख्न मदत पुग्छ।  

 

फाइदा घ्युकुमारी

विशेष