भारतमा नेपाली मूलका विस्फोटक ब्याट्सम्यान, आइपीएलमा मौका पाउने सम्भावना

काठमाडौंः भारतको मुम्बईबाट घरेलु क्रिकेट प्रतियोगिता खेल्ने गरेका नेपाली मूलका जय बिष्टलाई आउँदो सिजनको इन्डियन प्रिमियर लिग (आइपीएल) मा देख्न पाइने सम्भावना बढेको छ । केही समययता उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
२३ वर्षीय बिष्ट ओपनर हुन् । उनले हालसम्म २० टी–२० म्याचमा ५ सय ६४ रन बनाईसकेका छन् । बिष्टले यो रन १४५ को स्ट्राइक रेट र ३३ ओ औसतमा बनाएका हुन् ।
घरेलु प्रतियोगितामा निकै चम्किँएका उनी स्पिन–फास्ट दुवै बलरविरुद्ध उत्कृष्ट खेल्ने गरेका छन् । उत्कृष्ट प्रदर्शन गरिरहेका भए पनि बिष्टले हालसम्म आइपीएल खेल्ने मौका भने पाएका छैनन् । तर, आउँदो सिजन २०२० को आइपीएलमा भने उनलाई टिमले किन्नसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिष्टलाई आइपीएलको फ्रेन्चाइज टिम मुम्बई इन्डियन्सले मौका दिनसक्ने भारतीय अनलाइन स्पोर्टविकिले जनाएको छ ।
आइपीएलको आगामी संस्करणको ‘अक्सन’ १९ सिसेम्बरमा कोलकातामा हुँदैछ । रोयल च्यालेन्जर्स र चेन्नई सुपर किंग्ससँग आक्रामक ओपनरको कमी छ । बिष्टलाई यी दुई टिमले पनि किन्नसक्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
आइपीएल जय बिष्ट