इमर्जिङ एसिया कपः पाकिस्तानद्वारा भारतलाई २६८ रनको लक्ष्य

काठमाडौंः बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो सेमिफाइनलमा पाकिस्तानले भारतलाई २ सय ६८ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६७ रन बनायो । उसका लागि ओमार बिन यूसुफले ६६, सैफ बदरले नटआउट ४७, हैदर अलीले ४३, कप्तान रोहेल नाजिरले ३५, इमरान रफिकले २८, खुश्दिल शाह र साउद शकीलले १३–१३ रन बनाए । बलिङमा भारतका ऋतिक शोकेन, सौरभ दुबे, शिवम मावीले २–२ र सिद्धार्थ देसाईले एक विकेट लिए ।
नेपाल भने समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको थिए ।
इमर्जिङ एसिया कप भारत भर्सेस पाकिस्तान