राशिफल

मङ्सिर ५ गते कुन राशिका लागि कति शुभ? हेर्नुहोस आजको राशिफल

मङ्सिर ५ गते कुन राशिका लागि कति शुभ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल मङ्सिर महिनाको ५ गते बिहीवार, तद अनुसार सन् २०१९ नोभेम्बर २१ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष–

तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष–

आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ ।

मिथुन–

नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । वैदेशिक कार्य अघी बढ्नेछ ।

कर्कट–

आज तपाइलाई अल्छी पनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला ।  मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला

सिंह–

परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ । धार्मिक कार्यमा मन जानेछ।  

कन्या 

आज चिताएको काममा सफलता पाइनेछ धन लाभ पनि हुने दिन छ, कसैबाट समर्थन पनि पाइएला ।हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

तुला–

शरिरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ, यात्राको पनि योग छ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

वृश्चिक–

आर्थिक पक्ष खासै राम्रो छैन नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ सावधान रहनु होला । बन्धु बान्धव बाट विशेष सहयोग मिल्नेछ । पारिवारीक झमेला रहला ।

धनु–

बिहानी पख सुखको अनुभव होेला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ ।   नयाँ कार्यको थालनी होला ।
मकर–

आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ, नचिताएको टाउबाट आम्दानी हुने दिन छ । धार्मिक कार्यमा मन जानेछ।  

कुम्भ–

कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ ।पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

मीन–

तपाइलाइ आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला, कसैसंग हल्का मनमुटाव पनि होला ।  आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । 

दैनिक राशिफल

विशेष