मुख्य समाचार

२ महिला मन्त्री हटाइए, तर एउटा पनि थपिएन

२ महिला मन्त्री हटाइए, तर एउटा पनि थपिएन

काठमाडौंः राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागितालाई संविधानले नै प्रत्याभूत गरेको छ । तर, मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्व झन् घट्दै गएको छ।

बुधबार शीतलनिवासमा पुगेको सूचीअनुसार दुई मन्त्री हटाएकोमा नयाँ एकजना महिला पनि समेटिएका छैनन् । 

यससँगै पनर्गठित सरकारमा महिला सहभागिता १६ प्रतिशतबाट झरेर ८ प्रतिशत कायम भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र कृषिराज्यमन्त्री रामकुमारी चौधरी हटाइएपछि अब पद्मा अर्याला र विना मगर मात्रै मन्त्री छन् ।

पद्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र विना खानेपानीमन्त्री छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

मन्त्री महिला मन्त्री

विशेष