मुख्य समाचार

प्रधानमन्त्री ओलीको नयाँ निवास बनाइँदै, लागत ३३ करोड ८० लाख

प्रधानमन्त्री ओलीको नयाँ निवास बनाइँदै, लागत ३३ करोड ८० लाख

काठमाडौंः सहरी विकास तथा भवन निर्माण विभागले बालुवाटारमा प्रधानमन्त्रीको नयाँ निवास निर्माण सुरु गरेको छ । पञ्चायतकालमा निर्मित पुरानो भवन भत्काई विभागले नयाँ बनाउन लागेको हो ।

भवनको लागत ३३ करोड ८० लाख रुपैयाँ छ  । नयाँ भवन नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवासभित्र दक्षिणतर्फ रहेको अर्को भवनमा बस्ने विभाग स्रोतले जानकारी दिएको छ ।

निर्माण ठेक्का पाएको कन्टेक प्रालिले ०७८ भदौ ११ भित्र नयाँ भवन बनाइसक्ने विभागले जानकारी दिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

बालुवाटार केपी शर्मा ओली

विशेष