मुख्य समाचार

नयाँ ६ मन्त्री र तीन राज्यमन्त्रीको सपथ आज

नयाँ ६ मन्त्री र तीन राज्यमन्त्रीको सपथ आज

काठमाडौंः नवनियुक्त मन्त्री र राज्यमन्त्रीको पद तथा गोपनीयताको सपथ आज हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले बिहान ११ बजे शपथ लिने छन् । 

मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मंसीर राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका हुन् ।  

नवनियुक्त मन्त्रीमा  रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास र पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक, बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात, रहेका छन् ।

त्यस्तै मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनशंख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् ।  

सपथ राष्ट्रपति कार्यालय

विशेष