अमेरिकामा क्रेडिट कार्ड चलाउने शूत्र
१.कम्तिमा एक र बढीमा २ भन्दा बढी क्रेडीट कार्ड बोक्दै नबोक्ने अर्थात लिंदै नलिने ।
२. क्रेडीट कार्डको खर्च विवरण र खर्च गर्ने बानीमा आफूले आफैंलाई बडो निगरानी गर्नुहोस् ।
३. खर्च गर्न पाइयो भनेर आँखा चिम्लिने, इमोशनल बन्ने तर तिर्न भुल्ने कदापि नगर्ने समय मै तिरिहाल्ने गरौं ।
४. सकेसम्म महिना दिनभित्रै गरेको खर्च सबै तिरिदिने, नसके न्यूनतम मात्र तिरेर नबस्ने बरु बढी नै तिर्ने ।
५. क्रेडीट कार्डबाट खर्च गर्दा आफूलाई नियन्त्रण गर्नुहोला ।
६. क्रेडीट कार्डको स्टेटमेन्ट नियमित जाँच्ने गर्नुस् ।
७. कुनै कुनै क्रेडीट कार्डले लिमिट भन्दा बढी खर्च गर्ने एक्सेस दिन्छ तर कहिले पनि सीमा ननाघ्ने ।
८. हरेक महिना पैसा तिर्ने दिन याद गर्ने, बरु कागज या पात्रोमा चिनो लगाएर राख्ने । कहिल्यै ढिलासुस्ती र फाइन नतिर्ने ।
९. आफूले पाएको क्रेडीट लिमिटको ३०५ भन्दा तलै बसेर मात्रै खर्च गर्ने ।
१०. ठग र स्क्यामरहरुबाट हरदम सुरक्षित राख्नु आफ्नो क्रेडीट कार्ड । दुरुपयोग भएको पाइएमा तुरुन्तै सम्पर्क गरिहाल्नुस् । यो होशियारीले तपाइँलाई डलर फिर्ता दिन्छ क्रेडीट कार्ड कम्पनीले र नयाँ कार्ड पठाइदिन्छ ।
११. कहिल्यै क्रेडीट कार्ड बन्द गर्ने काम गर्दै नगर्ने, पूरा रकम तिरिदिने र चुप लागेर बस्ने ।
१२. क्रेडीट कार्डबाट सकेसम्म क्यास एडभान्स लिंदै नलिनु । यसबाट ब्याज र भुक्तानीको भार बढ्न जान्छ ।
१३. क्रेडीट कार्डको वार्षिक ब्याजदर निशुल्क हुन्छ १२ देखि २४ महिनासम्म । त्यसैले निशुल्क ब्याजदरको लाभ उठाउन सचेत हुने ।
१४. क्रेडीट कार्डले पठाएका चिठ्ठी सधैं खोलेर अध्ययन गर्ने ।
१५. आफ्नो क्रेडीट कार्डको सूचना, जानकारी, इन्फो कुनै पनि हालतमा पनि कसैलाइ शेयर नगर्ने ।
१६. सकेसम्म सपिङ्ग कार्ड वा रिवार्ड कार्ड लिएर परचेज डिस्काउन्टको लाभ लिनुहोला ।
१७. क्रेडीट कार्डको अनलाइन साइन अप गरी अनलाइनबाटै दैनिकी निगरानी राख्नुहोला । आफ्नो क्रेडीट कार्ड आफ्नो वालेट चेक गरेजस्तै ।
१८. क्रेडीट कार्डको रकम खर्च गरी महिना दिनभित्रै तिरिदिँदा अतिरिक्त ब्याज र अतिरिक्त रकम पुरस्कार स्वरुप मिल्न सक्छ । यसको सदुपयोग गर्नुहोला ।
१९. क्रेडीट स्क्रोर बढाउने भए बिजुली बत्ती, पानी, बीमा र ग्रोसरीमा मात्र क्रेडिट कार्ड खर्च गर्ने ।
२०. धेरै क्रेडीट कार्ड बोकेर आँखा चिम्लेर सबै खर्च गर्दा तिर्दातिर्दा हैरानी भएको भए क्रेडीट कार्ड डेब्ट अर्थात ऋण एकिकृत सहयोग कम्पनीहरु हुन्छन् । तिनका न्यूनतम शुल्क तिरी छरपस्ट क्रेडीट कार्डको भुक्तानीलाइ एकद्वार प्रणालीमा लैजाँदा कम तनाब, कम ब्याज र बर्बाद हुनसक्ने अवस्थाबाट बच्न सकिन्छ ।
२१. व्यक्तिगत इन्फो सुरक्षा गर्नका लागि भरपर्दो क्रेडीट एवं व्यक्तिगत विवरण सुरक्षण कम्पनीको सदस्यता लिने जसबाट ठगीबाट बच्न सहयोगी हुनेछ । क्रेडीट कार्डको ऋण लिएर अनुत्पादक समाजसेवामा खन्याउने काम कदापि नगर्नु होला । यो डुब्ने मेसो हो ।