मनोरञ्जन

निर्देशनमा जम्लिन त प्रियंका ?

निर्देशनमा जम्लिन त प्रियंका ?

काठमाडौँ : कुनै एक समयकी नेपालकी सर्वाधिक व्यस्त र चर्चित अभिनेत्रीका रुपमा चिनिएकी प्रियंका कार्की यतिबेला खासै चलचित्रमा देखिन्नन् ।  हुन त हरेक मानिसको जीवनमा एकपटक मात्र समय आउछ भन्छन सायद उनमा पनि यहि कुरा लागू भएको हुन सक्छ । 

यतिबेला प्रियंकाको फिल्मी यात्रा ओरालो लाग्दै गएको पो हो कि भन्ने अड्कल लगाउन थलिएको छ । फिल्ममा खासै जम्न नसकेकी प्रियंकाले चलचित्र निर्देशन गर्ने चर्चा चलेको छ ।  त्यसैले होला हाल उनको उपस्थिति फिल्ममा भन्दा पनि निर्देशनमा बढी देखिन थालेको छ । 

महिला समलिङ्गीको भूमिकामा उनले होम प्रोडक्सनमा वेब सिरिज ‘जस्ट एनादर लभ स्टोरी’ पनि निर्देशन गरिरहेकी छिन् ।  हालै मात्र प्रियंकाले निर्देशन गरेको पहिलो म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ बालगायिका आयुष्का खनियाँको 'मेरै लाहुरेले‘ गीतको भिडियो अभिनेत्री प्रियंकाले निर्देशन गरेकी हुन् । गीतको भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको छ । यो भिडियोबाट उनी भिडियो निर्देशनतर्फ पनि आकर्षित भएकी छन् ।

अब हेरौं अभिनयबाट जम्न नसकेकी प्रियंका निर्देशनमा चाही कत्तिको अब्बल ठहरिने छिन ।  सायद यो उनको फिल्म  निर्देशनको पूर्व तयारी होला

priyanka karki

विशेष