खेल

टी–१० लिगमा आज पारस र सन्दीपको टिम भिड्दै

टी–१० लिगमा आज पारस र सन्दीपको टिम भिड्दै

काठमाडौंः यूएईमा जारी टी–१० लिगमा आज नेपाली क्रिकेटका स्टार सन्दीप लामिछाने र पारस खड्काआवद्ध टिम भिड्दै छन् । सन्दीपको टिम कर्नाटक टस्कर्स र पारसआवद्ध टिम आबुधाबी बीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुँदैछ ।

पारस र सन्दीपआवद्ध टिमको ‘सुपर लिग’ अन्तर्गतको यो अन्तिम खेल हो । दुवै टिमले समान पाँच म्याच खेलिसकेका छन् । जसमा टिम आबुधाबीले ५ खेलमा २ मा हार र एक म्याचमा मात्र जित निकालेको छ । एक खेलमा वर्षा बाधक र एक म्याच टाई हुँदा टिम ‘प्ले अफ’ पुग्ने सम्भावना आबुधाबीकाे न्यून छ । अंक तालिकामा आबुधाबी ४ अंकका साथ छैटौं स्थानमा छ ।

यता सन्दीपआवद्ध कर्नाटक पनि ‘प्ले अफ’ दौडबाट लगभग बाहिरिएको छ । बिहीबार कलन्दर्सविरुद्ध पराजित हुँदा कर्नाटकको ‘प्ले अफ’ यात्रा लगभग समाप्त भएको हो । सन्दीपको टिमले पाँच खेलमा ३ मा हार र एक म्याचमा मात्र जित हासिल गर्न सफल भयो । एक खेल भने वर्षाका कारण रद्द हुँदा एक–एक बाँडेको थियो । अंक तालिकामा कलन्दर्स ३ अंकका साथ पुछारमा छ । आज पारस र सन्दीप दुवैले प्लेइङ ११ मा मौका पाउने सम्भावना छ ।    

टी–१० लिग सन्दीप लामिछाने पारस खड्का

विशेष