राशिफल

मङ्सिर ६ गते शुक्रवार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस आजको राशिफल

मङ्सिर ६ गते शुक्रवार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल मङ्सिर महिनाको ६ गते शुक्रवार, तदअनुसार सन् २०१९ नोभेम्बर २२ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष–

 दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्ति संग भेटघाटपनि हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । साथीभाईको सरसहयोग प्रसस्त पाईने छ।    

वृष–

केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ ।  परिवारमा सुख सन्तोष छाउनेछ ।

मिथुन–

साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ ।  बिश्वासपात्रबाट धोका पाइने छ।  

कर्कट–

गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला ।  आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

सिंह–

आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउने छ, प्रशस्त पैसाको कारोबार होला ।  व्यवसायिक कार्यमा सफलता मिल्नेछ।  

कन्या–

परिश्रम गर्न सके जती खेर जादैन अर्थ लाभ र प्रगतिको प्रसस्त सम्भावना छ, यात्रा पनि होला ।   साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला–

अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ ।

वृश्चिक–

सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन ।  राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामान्य रोगले पनि सताउला ।

धनु–

प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनी मानसिक तनाब होला, सोचेको काम पुरा नहुन सक्छ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । 

मकर–

शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाइमा भने आज खासै प्रगति नहोला । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् 

कुम्भ–

गरेका कामहरु सफल हुनेछन भने अधुरा कामहरु पनि बन्ने छन, पैसा भने अनायसै खर्च होला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

मीन–

झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । 

दैनिक राशिफल

विशेष