स्वास्थ्य

किन हुन्छ मृर्गौला फेलः यस्ता छन् मुख्य कारण

किन हुन्छ मृर्गौला फेलः यस्ता छन् मुख्य कारण

काठमाडौंः मृगौलाको मुख्य काम रगतलाई फिल्टर गरेर टक्सिन अर्थात् विषाक्त वस्तुलाई पिसाबको माध्यमबाट बाहिर निकाल्नु हो । यसले शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ । यदि कुनै कारणले मृगौलाले रगत फिल्टर गर्न वा फोहोर बस्तुलाई बाहिर निकाल्न नसकेमा मृर्गौला फेल भएको मानिन्छ ।

सहरी अस्तव्यस्त जीवनशैली, अस्वस्थ खानपानलाई मिर्गौला फेल हुनुको मुख्य कारण मान्न सकिन्छ । उच्च रक्तचाप मृर्गौला फेल हुनुको प्रमुख कारण हो । रक्तचापको कारण धमनीमा अत्यधिक दबाब पर्ने भएकाले मुटुको साथै मिर्गौलामा पनि असर पर्छ । यसले मुटुको साथै मिर्गौलामा पनि असर पुग्छ।

मधुमेहले पनि मृर्गौला खराब हुन्छ । गलत खानपान र अस्वस्थ जीवनशैलीका कारण मधुमेहको समस्या बढ्दै गइरहेको छ । मधुमेहले पनि मिर्गौला फेल हुन्छ ।

मृर्गौलामा हुने समस्या अर्थात ‘क्रोनिक किड्नी डिजिज’ले बिस्तारै मृर्गौलाको कार्य क्षमतामा ह्रास ल्याउँछ।

यस्तै मृर्गौलामा हुने पत्थरीका कारणसमेत मिर्गौला फेल हुन सक्छ । वंशानुगत कारणले पनि मिर्गौला फेल हुनसक्छ । व्यायाम, खानामा व्यवस्थापन, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउने हो भने मिर्गौलाको समस्याबाट बच्न सकिन्छ ।

सामान्यतया मृर्गौला ९० प्रतिशत फेल भएपछि मात्र लक्षण देखिने भएकाले अन्तिम उपाय डायलाइसिस र प्रत्यारोपण मात्रै बाँकी रहन्छ । त्यसैले हामी समयमै सचेत हुनुपर्छ । यो जानकारी नेपाल मानव अंग प्रत्यारोपण केन्द्रका मृर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकार श्रेष्ठले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।  

मृगौला

विशेष