मनोरञ्जन

अनमोलले तोडे रेकर्ड

अनमोलले तोडे रेकर्ड

काठमाडौंः अभिनेता अनमोल केसीले हालसम्म कायम भएको किर्तिमानीलाई आफैले तोड्न सफल भएका छन । अनमोलले होस्टेलदेखि क्याप्टेनसम्ममा आफ्नै हिसाबले रेकर्ड बनाएका थिए । उनले हालसम्म कुनै पनि अभिनेत्रीसँग दोर्याएर काम गरेका थिएनन् ।  

चलचित्र होस्टेलमा उनि अभिनेत्री प्रकृती श्रेष्ठसँग देखिएका थिए भने चलचित्र जेरिम्मा आना शर्मासँग काम गरेका थिए ।  त्यस्तै चलचित्र ड्रिम्समा उनलाई अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहले साथ दिइन् । चलचित्र गाजलुमा पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठले अनमोललाई साथ दिइन् । चलचित्र 'कृ' मा उनि अदिती बुढाथोकीका साथमा देखिए भने चलचित्र क्याप्टेनमा अनमोल उपासना सिंह ठकुरीको जोडीको रुपमा प्रस्तुत भए। 

हालसम्मको पछिल्लो चलचित्र 'ए मेरो हजुर ३' मा भने अनमोल सुहाना थापासँग प्रस्तुत भए । अहिले उनी झरना थापा निर्देशित चलचित्र 'ए मेरो हजुर ४' मा अभिनेताका लागि अनुबन्धित भएका छन् । जसमा अनमोललाई सुहाना थापाले नै साथ दिदैँछिन् । 

यस हिसाबले अनमोलले पहिलो पटक दोहोरिएर सुहानासँग काम गर्दै हालसम्मको अनौठो रेकर्डलाई आफैले भंग गर्न लागेका हुन् । यो समाचार आजको कान्तिपुर साप्ताहिकबाट लिइएको हो ।  

 

Anmol KC

विशेष