उभिएर पानी पिउदा हुने बेफाइदाहरु
अक्सर तपाईले देख्नुभएकै होला अधिकांश मानिसहरुले उभिएर नै पानी पिउने गर्छन । तर स्वास्थ्यका दृष्टिकोणले भने उभिएर भन्दा बसेर पानी पिउनु लाभदायक छ । उभिएर पानी पिउनाले क्यान्सर जस्ता रोग लाग्ने सम्भावना अधिक रहन्छ। यति मात्र होइन चिसो पानी पिउनु पनि स्वास्थ्यका लागि पनि हानिकारक रहेको छ।
नर्मल तापमानमा घुटुघुटु पानी पिउनुलाई राम्रो मानिन्छ, जसले पानी शरीरका कोशीकासम्म पुग्न मदत पुग्छ।
उभिएर पानी पिउदा हुने बेफाईदाहरु
-उभिएर पानी पिउदा किड्नीमा इन्फेक्सन हुने या किड्नी खराब हुने समस्या देखिन्छ ।
-पाचन प्रक्रिया राम्रोसंग हुन् पाउदैन। जसले खानालाई कोलेस्टोरेलमा परिणत गर्छ र मुटु रोग लाग्ने खतरा बढ्छ।
-शरीरमा लिक्विड पदार्थको ब्यालेन्स बिग्रन गई हाडजोर्नीको समस्या समेत देखिन सक्छ।
-एसोफेगस नलीको तल्लो भागमा नकारात्मक असर पर्न जान्छ जसले अल्सर हुने खतरा बढाउछ।
-कब्जियतको समस्या बढ्न जान्छ।
-शरीरमा आवश्यकता भन्दा बढी एसिड रिफ्लेक्स भई एसिडिटी हुने सम्भावना रहन्छ ।
यसकारणले गर्दा आफ्नो नियमित बानीलाई हटाउनुहोस् र सदा स्वस्थ रहने कोशिस गर्नुहोस
उभिएर पानी पिउनु