पाकिस्तानविरुद्ध वार्नरको शतक, बलियो अवस्थामा अष्ट्रेलिया

काठमाडौंः पाकिस्तानसँगको टेष्ट सिरिजको पहिलो खेलको पहिलो इनिङ्समा अष्ट्रेलिया क्रिकेट टिमका ओपनर डेभिड वार्नरले शतक बनाएका छन् । उनले ७ चौकाको मद्दतमा १ सय ८० बलमा शतक बनाएका हुन् । पाकिस्तान पहिलो दिनमा २ सय ४० रनमै अलआउट भयो ।
पहिलो इनिङ्समा उसका लागि अशद सफिकले ७६, कप्तान अजर अलिले ३९, मोहम्मद रिजवानले ३७, शन मसूदले २७, यासिर अलिले २६ रन बनाए ।
अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् । बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले ४, प्याट कुमिन्सले ३, जोस हेजलवुडले २ र नाथन लायनले एक विकेट लिए । यो समाचार तयार पार्दा अष्ट्रेलियाले ५४ ओभरमा बिनाविकेट २ सय १ रन बनाएको छ ।
टेष्ट क्रिकेट सिरिज डेभिड वार्नर पाकिस्तान भर्सेस अष्ट्रेलिया