मनोरञ्जन

इण्डियन आइडलबाट फेरि हटाइए अनु मलिक

इण्डियन आइडलबाट फेरि हटाइए अनु मलिक

काठमाडौंः भारतीय गायक तथा संगीतकार अनु मलिकलाई भारतीय रियालिटी शो इन्डियन आइडल–११ बाट हटाइएको छ । इण्डियन आइडल ११ को निर्णायक बनेसँगै चर्को आलोचना भएपछि उनलाई  इन्डियन आइडलबाट हटाइएको हो । 

अनु मलिकमाथि कैयौँ कहिलाहरुले ‘मि टू’ अभियानअन्तर्गत यौन शोषणको आरोप लगाएका थिए । यसअघि पनि अनु मलिकले ‘मि टू’ अभियानअन्तर्गत उनले यौन शोषणको आरोप लागेपछि शो छोड्नु परेको थियो ।

इण्डिया टुडेको एक रिपोर्टअनुसार अनु मलिक अब इन्डियन आइडल ११ बाट बाहिरिइसकेका छन् । उनको स्थानमा शोमा कसको आगमन हुनेछ भन्ने बारेमा अहिले कुनै जानकारी सार्वजनिक गरिएको छैन । अनु मलिकलाई आरोप लागेपछि सोनी टेलिभिजनलाई राष्ट्रिय महिला आयोगले स्पष्टीकरण दिन पत्र पठाएको थियो ।

यस विषयमा मिडियासँग कुरा गर्दै अनु मलिकले आफू कुनै पनि किसिमको दबाबमा आएर नभई आफ्नो स्वेच्छाले शोबाट बाहिरिएको बताएका छन् । उनले भने, ‘मैले स्वेच्छाले यो निर्णय लिएको हुँ । म यस शोबाट तीन हप्ताको बिदा लिएर जाँदैछु र अब म आफ्नो नाममा लागेको दाग हटाएरै फर्कनेछु ।’
 

अनु मलिक इन्डियन आइडल

विशेष