मुख्य समाचार

५ लाख रुपैयाँ घूससहित मालपोतका हाकिम अख्तियारको फन्दामा

५ लाख रुपैयाँ घूससहित मालपोतका हाकिम अख्तियारको फन्दामा

काठमाडौं । पाँच लाख रुपैयाँ घूससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डल आज बिहान कार्यकक्षबाटै पक्राउ परेका छन् ।

मण्डललाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेतहात पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयका सूचना अधिकृत तथा उपसचिव हरिप्रसाद घिमिरेका अनुसार अनुसार मण्डलले एक जना सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउन आनाकानी गर्दै घूस मागेका थिए । घूस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारको टोली सिरहा पुगेको थियो।  

घूस अख्तियार भूमि सुधार तथा मालपोत कार्यालय सिरहा

विशेष