मुख्य समाचार

औद्योगिक विकासका लागि योजनाबद्ध अघि बढ्छुः मन्त्री भट्ट

औद्योगिक विकासका लागि योजनाबद्ध अघि बढ्छुः मन्त्री भट्ट

चितवनः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्धरूपमा अघि बढ्ने बताएका छन् । चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री भट्टले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजानका लागि ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘उद्योगीहरुले वातावरण बनेको छैन भनेका छन् । मैले हिजो नै उहाँहरुलाई वातावरण तयार गर्न के गर्नुपर्छ ल्याउनुस् भनेको छु । उहाँहरुको सल्लाह–सुझाब आएसँगै सोहीअनुसार काम गर्नेछु ।’ 

उद्योग र श्रमिकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्ने उनको भनाई छ । अहिले आफूले मन्त्रालयका समस्याका विषयमा बुझ्ने काम गरेको भन्दै मन्त्री भट्टले केही दिनपछि कसरी अगाडि बढ्ने त्यसको लागि योजना बनाउने बताए । 

मन्त्री भट्ट चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को उद्घाटन गर्न चितवन आइपुगेका हुन् । 

औद्योगिक विकास लेखराज भट्ट

विशेष