मनोरञ्जन

बलिउडका यी सेलिब्रेटी जसले सम्बन्ध बिच्छेद पछि भेटे असल जीवनसाथी

बलिउडका यी सेलिब्रेटी जसले सम्बन्ध बिच्छेद पछि भेटे असल जीवनसाथी

एजेन्सी ।  सेलिब्रेटीहरुको चलचित्रका साथै व्यक्तिगत बिषयमा पनि बेलाबखतमा चर्चा हुने गरेको छ।  कहिले फोटोसुट, कहिले लभ अफियर, बिवाह त कहिले सम्बन्ध बिच्छेद यस्तै यस्तै।  हालै मात्र अभिनेता अर्जुन रामपाल  मेहर जेसिकाले २१ बर्षीय दाम्पत्य जीवनमा पूर्णबिराम लगाएका छन।  उनि अब प्रेमिका तथा अभिनेत्री गैब्रएलाका साथमा विवाह गर्ने तयारीमा रहेका छन।  केहि महिना अघि मात्र गैब्रएलाले एक छोरालाई जन्म दिएकी हुन्।  

यस्तै आज हामी बलिउडका यस्ता जोडीको बारेमा बताउन जादैछौ जसको सम्बन्ध बिच्छेद पछिको दोस्रो बिवाह निकै नै फापेको छ, को को हुन् त उनीहरु हेर्नुहोस 

जावेद अख्तर

महान लेखक तथा गीतकार जावेद अख्तर र शबाना आजमीको जोडी आज पनि चर्चामा रहने गर्छ । तर थोरै मात्रै मानिसलाई थाहा होला शबाना अख्तरकी दोस्रो पत्नी हुन् । उनले पहिलो विवाह हनी इरानीसँग गरेका थिए । उनीहरुको सन् १९८५ मा सम्बन्धविच्छेद भएको थियो ।

किरण खेर

बलिउडका चर्चित अभिनेत्री किरण खेरले सन् १९८५ मा अनुपम खेरसँग विवाह गरेकी थिइन् । तर उनको त्यो विवाह दोस्रो विवाह थियो । पहिलो विवाह उनले गौतम बेरीसँग गरेकी थिइन् । उनको सन् १९८५ मा सम्बन्धविच्छेद भएको थियो । 

बोनी कपूर

बलिउड अभिनेत्री श्रीदेवी र बोनी कपूरको सुन्दर जोडी धेरैलाई उदाहरणीय थियो । तर, बोनी कपूरले आफ्नी श्रीमती हुँदाहुँदै श्रीदेवीसँग विवाह गरेको हल्लाले उनी आलोचनाको सिकार भएका थिए । 

अमिर खान

बलिउड उद्योगका ‘मिस्टर पर्फेक्सनिस्ट’ अमिर खानले किरण रावसँग दोस्रो विवाह गरेका थिए । अमिरले रीना दत्तासंग सम्बन्धविच्छेदपछि किरणसँग विवाह गरेका थिए । तथापी अहिले पनि यो जोडी निकै चर्चित छ ।

सैफ अलि खान 

बलिउडका अर्का सफल जोडी हुन् करीना–सैफ । करीना र सैफले २०१२ मा विवाह गरेका थिए । करीना सैफकी दोस्री पत्नी हुन् । उनले १० वर्ष कान्छी करीनासँग विवाह गरेका थिए । तर यो जोडी बलिउडमा निकै दमदार छ । 

 

 

 

बलिउड सेलिब्रेटी दोस्रो विवाह

विशेष