अन्तरवार्ता भिडियो कभर स्टोरी

नेकपामा हजारौं कार्यकर्ता पक्षपातको शिकार ( भिडियोसहित) 

नेकपामा हजारौं कार्यकर्ता पक्षपातको शिकार ( भिडियोसहित) 

सत्तारुढ दल नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अधिकार बाँडफाँडको टुँगो लागेका बेला पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टी संचालनको विषयलाई लिएर गम्भीर असन्तुष्टि प्रकट गरेका छन् । 

नेताहरुबीच ‘एक व्यक्ति, एक पद’ को सिद्धान्त अनुसार अधिकार बाँडफाँड हुनु राम्रो भएपनि देशभर छरिएका नेता कार्यकर्ताको भविष्यका विषयमा भने उनीहरु गम्भीर हुन नसकेको उनको आरोप छ । 

खतिवडा भन्छन्, ‘दुई जनाले त पद बाँड्नु भयो, अरुको के हुन्छ ? सबै कुरा सचिवालयको नाममा दुई जनाले सहमति गरेर टुंग्याउने गर्नुभएको छ । स्थायी कमिटी, पोलिटव्युरो, केन्द्रीय समितिहरुको अर्थ के हो ? पार्टी विधि विधान अनुसार चल्नुपर्छ भन्ने मेरो मान्यता हो । आज पार्टीमा हजारौं कार्यकर्ता पक्षपातको शिकार भएका छन् । हरेक ठाउँमा नातावाद र कृपावादको गन्ध आउँछ ।’

">

‘अध्यक्षद्वयको अधिकार बाँडफाँडले पक्कै पनि हिजो भन्दा केही गति आउँछ । एक व्यक्ति, एक पद भन्ने पहिलो व्यक्ति मै हुँ । यसकारण मलाई खुशी त स्वाभाविक रुपमा लागि हाल्छ । यसले पार्टी चलायमान पनि होला । तर, सचिवालय बैठक निर्णयको भाषा हेर्दा गम्भीर निर्णयहरु तदर्थवादमा चल्ने खतरा भने कायमै छ ।’ खतिवडा बताउँछन् । 

पार्टीमा अझै पनि पूर्व एमाले र पूर्व माओवादीको रेखा मेटिन सकेको छैन । कमिटीहरु नै बनेका छैनन् । कमिटी नभए बैठक बस्ने कुरा भएन । टाउको जोडिएर मात्र हुँदैन, शरीर र पुच्छर पनि एकाकार हुन पर्यो । अध्यक्षद्वय दाहाल र ओलीले जिम्मेवारी दिंदा आ–आफनो समूहका लागि मात्र हेर्न थाल्यो भने पुनः समस्या आउन सक्छ । आफ्नो मान्छे भन्दा पनि क्षमतावान, सक्षम, इमान्दार र प्रतिबद्ध व्यक्तिलाई प्रोत्साहन गर्नु नै अबको कर्तव्य हो । 

नेकपा मुलुककै ठूलो पार्टी र अझ सरकार पनि चलाइरहेकाले होशियारीपूर्वक अघि बढ्न जरुरी छ । अहिले सरकारको प्रभावकारिता बढाउन मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । केही थान मन्त्री हटाएर केही थप्दैमा प्रभावकारिता घट्ने र बढ्ने भन्ने हुँदैन । केही फरक त पर्ला तर मूलतः सरकारको नीति कस्तो छ भन्नेमा भर पर्छ । स्पष्ट नीति र दृष्टिकोणकासाथ असल चरित्र बोकेर काम गरे सफल भइन्छ । 

">

सरकारबाट हटेका केही मन्त्री निकै क्षमतावान र इमानदार पनि थिए । उनीहरुलाई असक्षम भनेर हटाइएको हो भने त्यो गलत हो । सरकारमै रहेका र थपिएका कतिपय मन्त्री क्षमताहीन पनि छन् । यो हिसाबले हेर्दा मन्त्रीहरुको कार्यसम्पादन हेरेर फेरबदल गरिएको जस्तो लाग्दैन । यसमा गुटगत, नातावाद र कृपावादको प्रभाव पनि देखिन्छ । 

सरकारले आफनो २१ महिनामा केही राम्रा काम पनि गरेको छ । मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउनु, सामाजिक सुरक्षाको आधार तय गर्नु, सडक संजालको विस्तार, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा सरकारले राम्रो काम गरेको छ । तर, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने, महंगी नियन्त्रण गर्ने सवालमा भने सरकारमाथि प्रश्न छ । सरकारले जनतासँग जोडिएका विषयलाई पहिलो प्राथमिकता दिएर काम गर्नु उपयुक्त हुन्छ । 

">

नातावाद कृपावाद जगन्नाथ खतिवडा

विशेष