राशिफल

मङ्सिर ७ गते शनिवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

मङ्सिर ७ गते शनिवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७९ साल मङ्सिर महिनाको ७ गते शनिवार, तदअनुसार सन् २०१९ नोभेम्बर २३ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष–

खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ। आर्थिक मन्दी देखिन सक्ला बन्दव्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

वृष–

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । कुरा काट्नेहरु भने प्रसस्त भेटिनेछन । जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ ।

मिथुन–

दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला । स्वास्थ्य अनुकुल रहने छ ।  

कर्कट–

नोकरी तथा राजनितीमा गरिएका प्रयासहरु फलदायी रहनेछन, अरुले तपाइको तारिफ गर्न सक्छन । नोकरी व्यवसायको क्षेत्रबाट बिशेष लाभ उठाउन सकिनेछ ।  

सिंह–

पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला ।

कन्या–

कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ ।  सभा समारोहमा सरिक हुने सम्भावना छ ।

तुला–

आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ ।  अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । 

वृश्चिक–

स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ ।  अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । 

धनु–

सोचे अनुसार काम बन्न कठिन छ ।   न्यायिक कार्यमा सफलता मिल्नेछ ।नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला ।

मकर–

अधुरा काम बन्ने तथा नयाँकाम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ।   दिन सामान्य नै छ ।

कुम्भ–

व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट लाभ हुनेछ।  दाम्पत्य जिवन सुखद रहनेछ।  

मीन–

रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ ।  चिताएको कामले तीव्रता लिनेछ ।पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ ।

#Daily Horoscope

विशेष