मनोरञ्जन

रानूको भाईरल तस्बिर फेक भएको मेकअप आर्टिस्टको दाबी

रानूको भाईरल तस्बिर फेक भएको मेकअप आर्टिस्टको दाबी

एजेन्सी।  रेल्वे स्टेसनमा गीत गाएर चर्चामा आएकी रानु मण्डल अहिले पनि विविध कारणले सामाजिक संजालमा छाउने गरेकी छिन ।  हालै मात्र उनि तस्बिर र यटीट्युडका कारण चर्चाको मुख्य बिषय बन्न पुगिन।  

केहि समय अगाडी रानूको मेकअपवाला तस्बिरले सामाजिक संजाल तताएको थियो र उनि मजैसंग ट्रोलको शिकार पनि बन्न पुगेकी थिइन्।  उक्त तस्बिरमा रानूले वास्तविक अनुहार भन्दा बढी नै मेकअप गरेकी देखिएकी थियो । जुन देख्नेहरुका लागि मजाकको बिषय बन्न पुगेको थियो ।  तर रानुको बचाऊका लागि मेकअप आर्टिस्ट संध्याले भाइरल तस्बिर फेक रहेको बताएकी छिन ।  

रानूको ओरिजिनल र मेकओभर गरिएको दुवै तस्बिर इंस्टाग्राम शेयर गर्दै यी दुई तस्बिर हेरेरै तपाईले नजरअन्दाज गर्न सक्नुहुन्छ कुन फेक हो अनि कुन रियल भन्दै क्याप्सनमा लेखेकी छिन ।  तस्बिर देखेर मलाई पनि हासो लागेको हो र अपत्यारिलो कुरा देखेर मजाक उडाउनु सामान्य पनि हो तर कसैको व्यक्तिगत जीवनमा ठेस पुर्याउनु भनेको बिल्कुलै गलत हो उनले भनिन ।   

रानूको एफएम स्टेसनमा गीत गाईरहेको एक भिडियो भाइरल बनेको छ ।  

 

 

रानु मण्डल

विशेष