मनोरञ्जन

यौन शोषणको आरोप लागेका अनु मलिक ‘इन्डियन आइडल’ नफर्किने

यौन शोषणको आरोप लागेका अनु मलिक ‘इन्डियन आइडल’ नफर्किने

एजेन्सी, संगीतकार अनु मलिक टेलिभिजनको लोकप्रिय रियालीटी शो ‘इन्डियन आइडल’ को सीजन ११ मा नर्फकने बताइएको छ । भारतका केही सञ्चार माध्यमहरुले उनी ३ हप्ताको छुट्टीमा रहेको र तीन हप्तापछि शोमा फर्किने समाचार प्रकाशित गरेका थिए ।

उनीमाथि लागेको यौन शोषण गरेको आरोपका कारण शोबाट निकालिएको थियो । बिहीबार गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको यौन शोषणको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाएको थियो ।

आयोगले सोनी टेलिभिजनसँग स्पष्टिकरण मागेको थियो । आयोगले सोनी इन्टरटेनमेन्ट टेलिभिजनका अध्यक्ष रोहित गुप्तालाई सूचना जारी गर्दै मलिकलाई शोबाट निकाल्न आग्रह गरेको थियो ।

दैनिक भास्करका अनुसार अब अनु मलिक उक्त शोमा फर्किने छैनन् । सोनी टेलिभिजनले अनु मलिक शोमा नफर्किने जानकारी दिएको उल्लेख गरिएको छ ।

अनु मलिक ‘इन्डियन आइडल’

विशेष