राशिफल

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल

मङ्सिर ७ देखि १३ गतेसम्मको साप्ताहिक राशिफल 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

नया सम्बन्धको प्रस्ताव आउने छ।  छोटो दुरीको रमणीय यात्रा हुनेछ।  व्यापार व्यवसायबाट राम्रो फाइदा उठाउन सकिनेछ ।  आर्थिक लाभको सम्भावना समेत रहेको छ।  समग्रमा मेष राशिका लागि यो साता सुखद रहेको छ।  

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

साथीभाई र परिवारको प्रसस्त सहयोग मिल्नेछ।  धार्मिक कार्यमा बिशेष रुचि बढ्नेछ।  स्वास्थ्य अनुकुल रहनाले अपेक्षा गरिए अनुरुपको सफलता मिल्नेछ।  मनोरन्जनात्मक कार्यमा समय व्यतित हुनेछ।  

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

बोलीको नकरात्मक प्रभाव पर्न सक्ने भएकाले बाणी तथा व्यवहारमा अलि सजक हुनुपर्ने छ।   आर्थिक कारोवारमा मन्दी आउनेछ । सकेसम्म यात्रामा ननिस्कदा नै राम्रो हुनेछ ।  साताको मध्यबाट व्यवहारमा क्रमश सुधार हुदै जानेछ।  

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । लामो समयदेखि रोकिएका काम पुरा हुनेछ ।  सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ।  साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

माता पिताको सर-सहयोग प्रसस्त पाइने छ। धार्मिक कार्यमा मन जानेछ।  सुखद यात्राको योग रहेको छ।  सरकारी कार्यबाट बिशेष लाभ उठाउन सकिनेछ।   साताको अन्त्यमा भने आर्थिक मन्दीको सामना गर्नुपर्ने देखिन्छ।   

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

प्रतिष्पर्धामा बिजयी भइने छ।  सार्वजनिक सभा समारोहमा सहभागी हुने अवसर मिल्नेछ।  हिम्मत गर्दा जटिल ठानिएका कार्यहरु सजिलै सम्पादन हुनेछन। 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आर्थिक कारोवारमा सकेसम्म सजक रहनु पर्नेछ।  अपेक्षा अनुरुप काम नबन्दा मानसिक हताशा पैदा हुनेछ। पारिवारिक झैँ झमेला देखिनेछ।  इश्वर आराधनामा लाग्नाले बिशेष फाइदा हुने देखिन्छ।  

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

टाढिएका आफन्तजनसंग भेटघाट हुनेछ।  आकस्मिक धनलाभको सम्भावना रहेको छ।  साताको मध्यबाट झन्झटिलो काममा अल्झिनु पर्ने समय रहेको छ।  

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

 रोकिएका काम पुनः सुरु हुन सक्छन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।  मुद्धा मामलामा बिजयी भइने छ।  प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ।  

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

धार्मिक तथा सामजिक कार्यमा मन जानेछ।  पारिवारिक साथ र सहयोग प्राप्त हुनेछ।  मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ अतः प्रेममा सफलता प्राप्तिको योग छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

दोधारे मनस्थितिका कारण उचित निर्णय लिन सकिने छैन ।  आकस्मिक हुन सक्ने चोटपटकबाट बच्नु पर्नेछ।  रुचिपूर्ण भोजनको अवसर मिल्नेछ ।  साताको मध्यबाट धर्मकर्ममा मन जानेछ ।  

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

लामो समयदेखि रोकिएर रहेका कामहरु सजिलै सम्पादन हुनेछ ।  पारिवारसंग रमाइलो भेटघाट हुनेछ । सामाजिक कार्यमा मन जानेछ।  साताको अन्त्यमा मनमा दुविधा उत्पन्न हुनेछ । चुनौतीको सामना गर्नुपर्ला ।


 

 



 

#Weekly Horoscope

विशेष