स्वास्थ्य

यी हुन् तिते करेला खानुका १२ चमत्कारी फाइदा, जानिराखौं

यी हुन् तिते करेला खानुका १२ चमत्कारी फाइदा, जानिराखौं

तिते करेलाको स्वाद सबैलाई मन नपर्न सक्छ । कति त तिते करेलाको नामै लिन चाहदैनन् । तर, यहि तिते  करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी १२, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस लगायतका गुणकारी भिटामिनहरु पाइन्छ ।

करेला विभिन्न रोगका लागि उपयोगी छ। हाम्रो भान्सामा पाक्ने तिते करेलाका १२ गुण यस्ताे छ ।

१. श्वासप्रश्वास समस्यामा ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएकाहरुका लागि करेला निक्कै गुणकारी हुन्छ । यसको सेवनबाट यस्ता प्रकारका रोगीहरुलाई केहि राहत मिल्न सक्छ ।

२. दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनै पर्ने हुन्छ ।

३. पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

४. करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।

५. मधुमेह करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । करेलामा रहेका रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।

६. यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।

७. यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।

८. यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ

९. करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ ।

१०. यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चाँडो-चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।

११. करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।

१२. कपाल चम्काउन  करेलाको रसमा एक कप दही मिसाएर लगाउने र केही समयपछि धुनेे, यसले कपालमा प्राकृतिक चमक आउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ 

करेला

विशेष