खेल

टेष्ट क्रिकेटमा न्यूजिल्याण्डका वाटलिंगको दोहोरो शतक

टेष्ट क्रिकेटमा न्यूजिल्याण्डका वाटलिंगको दोहोरो शतक

काठमाडौंः इंग्ल्याण्ड विरुद्धको टेष्ट सिरिजको पहिलो म्याचकाे पहिलाे  इनिङ्समै न्यूजिल्याण्ड टिमका विकेटकीपर–ब्याट्सम्यान बिजे वाटलिंगले दोहोरो शतक बनाएका छन् ।

उनले एक छक्का र २३ चौकाको मद्दतमा ४ सय ६० बलमा दोहारो शतक बनाएका हुन् । टेष्ट क्रिकेटमा वाटलिंगको यो पहिलो दोहोरो शतक हो ।

यसअघि टेष्ट क्रिकेटमा उनको उच्च स्कोर १ सय ४२ रन थियो । वाटलिंगको दोहोरो शतकसँगै न्यूजिल्याण्ड बलियो स्थितिमा छ ।

यो समाचार तयार पार्दासम्म न्यूजिल्याण्डले १९८ ओभरमा ७ विकेट गुमाएर ५ सय ९० रन बनाएको छ । पहिलो इनिङ्समा इंग्ल्याण्ड ३ सय ५३ रनमा अलआउट भएको थियो । 

न्यूजिल्याण्ड भर्सेस इंग्ल्याण्ड बिजे वाटलिंग टेष्ट क्रिकेट

विशेष