जमैकन महिला फुटबलरको छुरा हानी हत्या
जमैकन राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी २० बर्षिया तारानिया क्लार्कको छुरा हानी हत्या गरिएको छ ।शुक्रबार राजधानी किङ्सटनमा मोवाइल फोनको विषयमा झगडा हुँदा उनलाई छुरा हानिएको हो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी क्लार्कको उपचारकालागि अप्तल लादै गर्दा मृत्यु भएको बिबिसीले जनाएको छ। क्लार्कमाथि छुरा प्रहर गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
क्लार्क जमैकाकी राम्रो खेलाडी हुन् । गत सेप्टेम्बरमा राष्ट्रिय टोलीमा डेब्यु गरेकी क्लार्कले ओलम्पिक छनोट खेलमा सनसनी मच्चाएकी थिइन् । उनकै उत्कृष्ट प्रदर्शनमा जमैकाले क्युवालाई १२–१ गोलले हराएको थियो ।
क्लार्कको हत्याप्रति जमैका फुबलल संघका अध्यक्ष माइकल रिकेट्सले दुख व्यक्त गरेका छ। उनको हत्याले जमैकन फुटबललाई ठूलो क्षति पुगेको समेत रिकेट्सलेजनाएका छन।
तारानिया क्लार्क