मनोरञ्जन

भ्वाइस अफ नेपालः को–कोले बनाए ‘टप ८’ मा स्थान?

भ्वाइस अफ नेपालः को–कोले बनाए ‘टप ८’ मा स्थान?

काठमाडौंः ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को ‘टप ८’ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ । शनिबार टिम प्रमोदका बलबहादुर राजवंशी बाहिरिएपछि ‘टप ८’ प्रतिस्पर्धीको टुंगो लागेको हो ।

जारी सिजनको ‘टप ८’ मा टिम आस्थाबाट आरिफ रौफ, याङ्की ह्योल्मो, टिम दीपबाट विकाश लिम्बू, सञ्जय महत, टिम राजुबाट सनिष श्रेष्ठ, गीता शर्मा, टिम प्रमोदबाट राम लिम्बू र मेचु धिमाल पुग्न सफल भएका छन् ।

आउँदो शुक्रबार र शनिवारको अंकबाट ४ प्रतिस्धर्धीको ‘द भ्वाइस’को यात्रा टुंगिएसँगै हरेक टिमबाट एक–एक जना फाइनलका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यो संस्करणको भ्वाइस अफ नेपाल हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

भ्वाइस अफ नेपाल टप ८

विशेष