मुख्य समाचार

यस्तो छ ३ दिनको मौसम

यस्तो छ ३ दिनको मौसम

काठमाडौंः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको आज बिहान ६ बजे निकालेको बुलेटिनमा देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ । 

पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका हल्का हिमपात हुने सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यस्तो छ तीन दिनको मौसम 

आइतबार

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीरहि पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ ।  

रातिमा देशका मध्य र पूर्वि भू–भागमा सामान्य बदली रहि पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वि र मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमालि भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ ।

सोमबार

सोमबार दिउँसो देशका मध्य र पूर्वि भूभागमा सामान्य बदली रहि पश्चिमी भूभागमा आंशिक रहनेछ । पूर्वी र मध्य पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ । सोमबार राती देशभर आंशिक देखि सामान्य बदलि रहनेछ ।

मंगलबार

मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ ।
राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा

विशेष