राशिफल

मङ्सिर ९ गते सोमवार तपाईका लागि कति शुभ, हेर्नुहोस आजको राशिफल

मङ्सिर ९ गते सोमवार तपाईका लागि कति शुभ, हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल मङ्सिर महिनाको ९ गते सोमबार, तदअनुसार सन् २०१९ नोभेम्बर २५ तारिख, आज बाला चतुर्दशी तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष–

लामो समयदेखि रोकिएको काम बन्नुेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउने दिन छ । प्रतिष्पर्धामा  बिजयी भइनेछ ।  

वृष–

साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।   वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मुद्दा मामिलामा सफलता पाईनेछ । मन त्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ ।

मिथुन–

काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कुसैसंग मनमुटाव हुनसक्छ ।  सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । 

कर्कट–

श्रमको उचित मूल्यांकन हुनेछ । तर काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ ।

सिंह–

पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जका साथ बित्नेछ ।

कन्या–

आम्दानीको स्रोत समेत बढ्नेछ ।  आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कार्यमा सफलता पाईनेछ । वाहन चौपाया आदिको कामबाट फाइदा हुने देखिन्छ । 

तुला–

स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाउमा धनको नाश हुने दिन छ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।  

वृश्चिक–

पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ । घर व्यवहारको समस्याले सताउला । पैसा फस्न सक्नेछ 

धनु–

आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।  धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर–

खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । नयाँ व्यक्तिसंग भेट होला ।

कुम्भ–

अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ केहि रुपैयापैसा भने खर्च गर्नुु पर्ने छ ।  प्राविधिक कार्यमा सफलता मिल्नेछ ।

मीन–

टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नु होला।महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

विशेष