मलिंगाको टिमले जित्यो टी–१० लिगको उपाधि
काठमाडौंः यूएईमा भएको टी–१० क्रिकेट लिगको उपाधि मराठा अरबियन्सले जितेको छ । आइतबार राति फाइनलमा डेक्कन ग्लाडियटर्सलाई ८ विकेटले हराउँदै मराठाले दोस्रो संस्करणको टी–१० लिगको उपाधि जितेको हो । फाइनल खेलमा ग्लाडियटर्सले दिएको ८८ रनको सामान्य लक्ष्य मराठाले ७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि चाडविक वाल्टनले नटआउट ५१, क्रिस लिनले १६ र नजिबुल्लाह जर्दानले अविजित १२ रन बनाए । बलिङमा ग्लाडियटर्सका जाहूर खान र मिगाएल प्रिटोरियसले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको ग्लाडियटर्सले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो । उसका लागि अशिफ खानले सर्बाधिक २४ रन बनाए । बलिङमा मराठाका कप्तान डिजे ब्रावोले सर्बाधिक २ विकेट लिए ।
यो संस्करणमा नेपाली क्रिकेटर पारस खड्का र सन्दीप लामिछानेको कर्नाटक टस्कर्स भने ‘प्लेअफ’सेमत पुग्न सकेनन् । पारस टिम आबुधाबी र सन्दीपले कर्नाटक टस्कर्सबाट यो सिजनको टी–१० लिग खेलेका थिए ।
टी–१० क्रिकेट लिग मराठा अरबियन्स भर्सेस डेक्कन ग्लाडियटर्स