मनोरञ्जन

रणवीरको हातमा कसरी लाग्यो चोट ? आलियासँग एयरपोर्टमा यस्तो अवस्थामा भेटिए

रणवीरको हातमा कसरी लाग्यो चोट ? आलियासँग एयरपोर्टमा यस्तो अवस्थामा भेटिए

एजेन्सी ।  अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अक्सर बेलाबखतमा चर्चामा छाइरहने जोडी हुन् ।  एकसाथ यी दुईको केमेस्ट्री पनि खुबै जमेको देखिन्छ । हालै मात्र आलिया र रणवीरलाई मुम्बई एयरपोर्टमा स्पोट गरिएको छ।  

फुटबलमा बिशेष रुचि भएका रणवीरको केहि दिन अघि मात्र पापाराजी पोज दिएको तस्बिर सार्वजनिक भएको थियो।  तर जब उनि एयरपोर्टमा भेटीए तब उनि फरक अन्दाजमा प्रस्तुत भए 

 तस्बिर हेर्दा रणवीरको हात भाँचिएको सजिलै अन्दाज लगाउन सकिन्छ।  उनले हातमा आर्म स्लिंग लगाएका छन ।  उनको यो चोट फुटबल खेल्ने क्रममा भयो या अन्य कुनै कारणले लाग्यो भन्ने बारेमा यकिन जानकारी भने प्राप्त भएको छैन।  

एयरपोर्टमा रणवीरसंगै गर्लफ्रेन्ड आलिया पनि साथमा देखिएकी थिइन्।  रणवीर र आलिया यतिबेला आयान मुखर्जी निर्देशित ब्रह्मास्त्रको सुटिंगमा ब्यस्त छन।  

 

आलिया भट्ट रणवीर कपूर

विशेष