आजबाट ५४ बर्षमा लागे शाहरुख खान

एजेन्सी। बलिउड चलचित्र उद्योगका बादशाह मानिने अभिनेता शाहरुख खान आज आफ्नो ५४ औँ जन्मदिन मनाईरहेका छन। आफ्नो कुशल अभिनय क्षमताका कारण लाखौं दर्शकको मन जित्न सफल शाहरुखको जन्मदिनमा उनि भन्दा बढी उनका फ्यानहरु उत्साहित छन।
शनिवार राती शाहरुखलाई जन्मदिनको शुभकामना दिनका लागि उनको मुम्बई घर अगाडी दर्शकहरुको घुइंचो लागेको थियो। जन्मदिनमा उनका फ्यानहरु उनलाई देख्न चाहन्थे त्यसै चाहनालाई शाहरुखले पनि मार्न दिएनन अभिनय गर्न सिपालु अभिनेताले फिल्मी शैलीमा आधा रातमा घरको बाल्कोनीबाटै आफ्ना शुभचिन्तकहरुलाई अभिनन्दन गरे अनि हात हल्लाए पनि
फ्यानहरुसंगै प्रत्यक्ष भेटेका शाहरुख त्यतिबेला ब्लु डेनिम र ब्ल्याक स्वेटसर्टमा पर्फेक्ट देखिएका थिए। फिल्मी करियरको बारेमा कुरा गर्दा किङ्ग खानले टीबी हुदै ठुलो पर्दामा देखिएका हुन्। सन् १९९२ मा चलचित्र 'दिवाना' मार्फत बलिउड डेब्यु गरेका शाहरुख बिगत २७ बर्षदेखि यस क्षेत्रमा सक्रिय रहेका छन।
'जिरो' शाहरुखद्वारा अभिनित पछिल्लो चलचित्र हो। चलचित्रको असफलताले निराशीएका शाहरुख अब भने तामिल फिल्म सनकीमा देखिदैछन् जसलाई एटलीले निर्देशन गरेका हुन्।
शाहरुख खान ५४ औं जन्मदिन