विद्यार्थीद्वारा त्रिचन्द्र क्याम्पसका प्रमुखमाथि हातपात

काठमाडौंः राजधानीको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि विद्यार्थीले हातपात गरेका छन् ।
विज्ञान संकायमा बृद्धि गरिएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निटक विद्यार्थी संगठनका कार्यकर्ताले न्यौपानेमाथि हातपात गरेका हुन् ।
कार्यकक्षबाट बाहिरिन लागेको अवस्थामा अनेरास्ववियु र नेवि संघका कार्यकर्ताहरुले न्यौपानेमाथि हातपात गरेका जनाइएको छ ।
विद्यार्थीको आक्रमणमा परेका न्यौपानेलाई प्रहरीले उद्दार गरेर उपचारका लागि वीर अस्पताल लगेको छ ।
न्यौपानेमाथि आक्रमण गर्ने २ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।
हातपात त्रिचन्द्र क्याम्पस