राशिफल

मङ्सिर १० गते मंगलबार तपाईका लागि कस्तो रहला ? हेर्नुस् आजको राशिफल

मङ्सिर १० गते मंगलबार तपाईका लागि कस्तो रहला ? हेर्नुस् आजको राशिफल

आज मिति २०७६ साल मङ्सिर महिनाको १० गते मंगलबार, तदअनुसर सन् २०१९ नोभेम्बर २६ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल 

मेष–

कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, कसैसंग बढी रीस पनि उठ्ला ।दैनिक कार्यमा ढिलासुस्ती देखिने छ।  

वृष–

नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन–

सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ ।   यसले मान प्रतिस्ठामा वृद्धि हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कर्कट–

परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ, टाढाको यात्राबाट धनको लाभ पनि होला । बैउदेशिक यात्रा सुखद रहनेछ।  

सिंह–

पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला ।  विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सामान्य रुघाखोकिले पनि सताउला ।

कन्या–

बुद्धिबिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ। समाजसेवामा मन लाग्नेछ।  

तुला–

आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ ।  रोकिएको धन हात पर्ला ।

वृश्चिक–

घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ ।  मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्य धनलाभ हुनेछ ।

धनु–

काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला, भौतिक साधनका पनि क्षति होला ।

मकर–

काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन।  रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मन लाएर काम गर्नु होला ।

कुम्भ–

नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ।   दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।नउठ्ने पैसा पनि उठ्ने दिन छ ।

मीन–

साथीभाइले काममा सहयोग जुटाउनेछन् ।  एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ ।

दैनिक राशिफल

विशेष