मुख्य समाचार

लोकसेवा तयारीको नाउँमा काम ठग्ने कर्मचारीलाई कारबाही गर्दै सरकार

लोकसेवा तयारीको नाउँमा काम ठग्ने कर्मचारीलाई कारबाही गर्दै सरकार

काठमाडौंः लोकसेवा तयारीका नाउँमा कार्यालय नै रित्तिने गरी विदा बस्ने, कुर्सीमा कोट झुण्ड्याएर भाग्ने, कार्यालय समयमा सरकारी गाडी लिएर लोकसेवा पढाउन जाने प्रवृति बढेपछि सरकारले त्यस्ता कर्मचारीमाथि कडाई गर्न थालेको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायलाई पत्र लेख्दै लोकसेवा तयारीका नाउँमा कर्मचारीलाई सेवाप्रवाह प्रभावित भएको भन्दै परीक्षा तयारीका नाउँमा कर्मचारीलाई बिदा नदिन र तयारीका नाउँमा हुने स्रोतसाधनको दुरुपयोग रोक्न निर्देशन दिएको हो । 

मन्त्रालयले बिदा स्वीकृत नगराई कार्यालय समयमा लोकसेवा तयारीमा लाग्ने कर्मचारीमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको छ । ‘मन्त्रालयले गरेको परिपत्रमा बिगत केही दिनदेखि लोकसेवा आयोगद्वारा सञ्चालन गरिने आन्तरिक तथा खुला परीक्षा तयारी प्रयोजनका लागि कार्यालय समयमा कर्मचारी अनुपस्थित रहने भन्ने जनगुनासो रहन आएको छ,’ मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालय र निकायलाई लेखेको पत्रमा भनिएको छ, ‘अत्यावश्यक कामका लागि मात्र बिदा दिने र सेवा प्रवाहको कार्य नियमित हुने व्यवस्था मिलाउन र बिदा स्कीकृत नगराई अनुपस्थित हुने कर्मचारीको अभिलेख राखी कारबाही अघि बढाउन अनुरोध छ ।’ यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो । 


 

कारबाही लोकसेवा तयारी

विशेष