राशिफल

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल

कात्तिक १६ गतेदेखि २२ गतेसम्मको साप्ताहिक राशिफल 

मेष 

गरिएका कार्यबाट अपेक्षाकृत सफलता उठाउन सकिनेछ।  मनमा उत्साह बढ्नेछ।  प्रेम तथा मित्रतकिओ बन्धन कसिने समय रहेको छ।  व्यस्तताको बाबजुत मालसामान हरुने प्रबल सम्भावना रहेकाले अलि सजक रहनु पर्नेछ।  

वृष 

अन्बवाश्य्क चोटपटक लाग्ने सम्भावना रहेको छ।  स्वास्थ्यमा अचानक समस्या देखिनाले धन खर्च हुने छ।  मानसिक द्विविधाले गर्दा महत्वपुर्ण निर्णय लिन सकिने छैन। परोपकारी कार्यमा मन जानेछ।  धार्मिक यात्राको पनि योग रहेको छ।  

मिथुन 

 विशिष्ट व्यक्तिहरुको सहकार्यले महत्वपूर्ण कार्य सम्पादन हुनेछ।   लामो तर सुखद यात्राको सम्भावना रहेको छ।  न्यायिक कार्यमा सफलता मिल्नेछ।   नया कार्यको अवसर मिल्नेछ।  दाम्पत्य जीवन सुखद रहने छ।  समग्रमा तपाईका लागि यो साता शुभ रहेको छ।  

कर्कट 

आम्दानीका नयाँ स्रोतहरु प्रसस्त भेटिने छ।  आतिथ्य  सत्कार पाइने छ।  मान सम्मानमा वृद्धि हुनेछ।  नोकरीमा पदोन्नतीको योग रहेको छ।  प्रेम जीवन सफल रहने छ।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ।  रमणीय स्थलको यात्रा हुनेछ।  

सिंह 

 यो साता तपाईका अधुरा रहेका कार्यहरु पुरा भएर जानेछन। टाढीएका आफन्तजानसंग भेटघाट हुनेछ। खर्चको मात्रा बढेर जानेछ।  साहित्यिक तथा कलात्मक क्षेत्रमा रुचि बढ्ने छ।  सरकारी कार्यबाट भने खासै लाभ उठाउन सकिने छैन।  

कन्या 

कार्यभार बढ्ने छ।  मानसिक बेचैनिले सताउला।  अवसरलाई पछ्याउन नसक्दा दुख पाइने छ।  साताको मध्यतिरबाट भने सबै कुरा क्रमश ठिक हुदै जानेछ।  खराब व्यक्तिसंगको संगतले पछुताउनु पर्ला सजक रहनु पर्नेछ।  

तुला 

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।  प्रेमको बन्धन कसिलो हुनेछ।  आफन्त र साथीभाईको प्रसस्त सात र सहयोग मिल्नेछ।  नयाँ काम गर्ने जोस जाँगर बढेर आउने छ।  अधुरा रहेका कामहरु पुरा भएर जानेछन।  

वृश्चिक  

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।  शरीरमा जोस जाँगर बढेर जानेछ।  श्रमको उचित मुल्यांकन हुनेछ। मान सम्मानमा सकेसम्म आंच आउन नदिनुहोला।  साताको अन्त्यतिर आर्थिक मन्दीले सताउन सक्छ।  

धनु 

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापार व्यवसायबाट राम्रै प्रतिफल पाउन सकिनेछ।  सामाजिक एवम धार्मिक कार्यमा झुकाव बढ्नेछ।  सरकारी कार्यमा पनि राम्रै लाभ हुनेछ।  

मकर 

अधिकारका लागि ठुलै संघर्ष गर्नु पर्नेछ।  सोचे अनुरुप काम नबन्दा मनमा हताशा पैदा हुनेछ।  प्रेम प्रस्ताव आउला।   सन्तान सुख मिल्नेछ।  शुभ समाचार सुन्न पाइने छ।  जिद्धिपनाले गर्दा काम बिग्रने सम्भावना रहेको छ।  

कुम्भ 

धार्मिक कार्यमा रुचि बढ्ने छ।  सामाजिक कार्यबाट राम्रै प्रसंशा मिल्नेछ।  धनआर्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन।  बैदेशिक यात्रा सुखद रहला।  मनोरन्जनात्मक कार्यमा सहभागी भइने छ।  

मिन 

 सार्वजनिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ।  नयाँ सर सामान जोड्ने समय रहेको छ।  कलकारखाना तथा बन्द व्यापारबाट पनि राम्रै फाइदा हुने देखिन्छ।  परिवारजनको प्रसस्त सहयोग मिल्नेछ।  अनावश्यक क्षेत्रमा खर्च हुन सक्ला अलि सजक हुनुपर्ने छ।  समग्रमा तपाईका लागि यो साता सुखद रहेको छ। 

 

  

#Weekly Horoscope

विशेष