स्वास्थ्य

औषधि होइन अब यी खानेकुराको सेवनबाट पूरा गर्नुस् रगतको कमि

औषधि होइन अब यी खानेकुराको सेवनबाट पूरा गर्नुस् रगतको कमि

राता रक्तकोशको कमिले शरीरमा रगतको मात्रा कम हुन्छ । जसलाई एनिमिया  पनि भन्ने गरिन्छ ।  शरीरमा रगतको कमि भएमा अनावश्यक चक्कर लाग्ने, कमजोर हुने, अनिन्द्रा, थकावट लगायतका गम्भीर समस्या देखा पर्छ । रगतको कमि सामान्यतया पुरुषको तुलनामा महिलाहरुमा बढी हुने देखिन्छ ।   

कतिपय मानिसहरु रगतको कमि पुरा गर्नका लागि औषधिको सहायता लिने गर्छन तर यसको अभाव कम गर्नका लागि घरेलु उपाय अनि अपनाउन सकिन्छ ।  

रगत कमि हुनका प्रमुख कारणहरु 

-पेटको इन्फेक्सन 

-पौष्टिकयुक्त आहारको अभाव 

-चोटपटक लाग्नु 

-आइरनको कमि 

-भिटामिन बी १२ को कमि 

-धुमपान/ मध्यपानको सेवन 

-एजिंग या ब्लिडिंगका कारण 

-गम्भीर रोगका कारण शरीरमा रगतको कमि हुनु 

 कसरी पहिचान गर्ने 

शरीरमा रगत  अभाव भएको अवस्थामा कमजोर हुने, अनावश्यक थकान लाग्ने लगायतका अन्य थुप्रै लक्षणहरु देखिन्छन।  

-भोक कम लाग्ने या नलाग्ने 

-हात खुट्टा सुन्निनु 

-छालाको रंग पहेंलो हुनु 

-आँखामुनि कालो देखिनु 

-टाउको दुख्नु 

-रिंगटा लाग्नु 

-कपाल झर्नु आदि 

रगतको कमि कसरी पुरा गर्ने 

आइरनयुक्त खानेकुरा 

हरेक दिन खाने खानामा पर्याप्त मात्रा आइरन भएको खानेकुरा खानु पर्दछ।  जस्तै केरा, अमला, ब्रोकाउली, चुकन्दर, अनार आदि यसले शरीरमा रगतको कमि हुन दिदैन।  

पालक 

रगतको मात्रा बढाउने अर्को महत्वपुर्ण खानेकुरा हो पालक।  यसमा भिटामिन बि ३, क्याल्सियम, आइरन, फाइबर लगायतका पोषक तत्व प्रसस्त पाईन्छ। पालकलाई तपाई सब्जीको रुपमा भन्दा पनि जुस बनाएर सेवन गर्न सक्नु हुन्छ।  

 चुकन्दरको रस 

१ गिलास चुकन्दरको जुसमा एक चम्चा मह मिसाई सेवन गर्नाले शरीरमा रगतको मात्रा बढ्छ।  

अमलाको रस 

हीमोग्लोबिनको कमि पुरा गर्नका लागि एक हप्तासम्म अमलाको जुसको सेवन गर्नाले फाइदा पुग्ने देखिन्छ।  

टमाटरको जुस 

टमाटरको  जुस पनि स्वास्थ्यका लागि निकै नै फाइदाजनक छ।  

शारीरिक ब्यायाम 

रगतको कमि पुरा गर्नका लागि तपाईले एरोबिक व्यायाम गर्न सक्नु हुन्छ।  यसले शरीरमा नया रक्त कोशिकाको निर्माणमा सहयोग पुर्याउछ।  यसका अलावा वाकिंग, जगिंग, स्विमिङ्ग, डान्स आफि गर्नाले पनि शरीरलाई स्वस्थ राख्न सकिन्छ।

 

 

 

 

 

 

रगत कमि घरेलु उपाय

विशेष