मुख्य समाचार

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, आजै अपरेशन गरिने

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, आजै अपरेशन गरिने

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस देखिएको छ । अस्पतालका अनुसार बिहान अस्पताल भर्ना भएका ओलीलाई परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएको हो । 

एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने, ‘प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली मृगौलाका बिरामी हुन् । १२ वर्षअघि प्रत्यारोपण गराइएको मृगौमा समस्या आएपछि उनले ४ पटक डायलायसिस गराइसकेका छन् । 

केपी शर्मा ओली एपेन्डिसाइटिस

विशेष