मुख्य समाचार

प्रधानमन्त्री ओलीको ‘एपेन्डिसाइटिस’ को शल्यक्रिया सम्पन्न

प्रधानमन्त्री ओलीको ‘एपेन्डिसाइटिस’ को शल्यक्रिया सम्पन्न

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल अपरेशन भएको हो।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीका अनुसार त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हो । 

‘शल्यक्रिया सफल भएको छ,’ उनले भने, ‘सानो शल्यक्रिया हो । अब स्वास्थ्यका अरु विवरण हेरेर अस्पतालमा कति समय बस्ने भन्ने निर्धारण हुन्छ ।’ प्रधानमन्त्री ओलीको पेट असाध्यै दुखेपछि आज बिहान अस्पताल भर्ना गरिएको थियो ।

केपी शर्मा ओली एपेन्डिसाइटिस

विशेष